Logo

कोरोना संक्रमण दर घटेपछि भारतमा खुल्न थल्यो विद्यालय



Spread the love

एजेन्सी। आजदेखि भारतका चार वटा राज्यमा विद्यालय खुलेका छन् । कोरोना संक्रमण दर केही कम भएपछि पञ्जाब, उत्तर प्रदेश, सिक्किम र हिमाञ्चल प्रदेशमा विद्यालय खुलेका हुन् ।

स्वास्थ्य मापदण्ड पूरा गरेर उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी विद्यालय गएका छन् ।

साथै, मुम्बईमा सोमबारबाट आठ महिनादेखि बन्द रहेको रेल सेवा सञ्चालनमा आएको छ ।

केही दिनयता भारतमा कोरोना संक्रमण दर घटेको छ । दुई साता अघिसम्म दैनिक करिब एक लाख संक्रमित हुँदै आएका भारतमा अहिले त्यो संख्या झण्डै ५० प्रतिशतले घट्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्