Logo

चर्चित हास्यकलाकार शिवहरि पौडेललाई मातृशोक



Spread the love

३ कार्तिक, काठमाडौं । चर्चित हास्यकलाकार शिवहरि पौडेललाई मातृशोक परेको छ । उनको १०१ वर्षीया आमा गंगादेवी पौड्यालको आइतबारराति ११ बजे निधन भएको हो ।

आमाको निधन भएको दुःखद समाचार पौडेलले सामाजिक सञ्जाल मार्फत शेयर गर्दै आमालाई सय बर्ष माथि बचाउन नसकेको दुःख पोखेका छन् ।

पौडेलको आमाको निधन प्रति विभिन्न कलाकारहरुले सामाजिक सञ्जाल मार्फत शोक ब्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्