Logo

काठमाडौं उपत्यकामा कति कोरोना संक्रमित थपिए?



Spread the love

३ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३७९० जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा २३८८ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २००८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर २३३५ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ९४५०१ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्