Logo

शवले खोक्दैन, ह्याछ्युँ गर्दैन, त्यसैले कोरोना सर्ने सम्भावना कम छ : प्रवक्ता गाैतम



Spread the love

३ कार्तिक, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले मृतक व्यक्तिबाट कोरोना सर्ने सम्भावना कम रहेको बताएका छन् ।

होम आइसोलेशनमा बसेका कोरोना संक्रमितको मृत्यु भएको खण्डमा परिवारले नै शवको व्यवस्थापन गर्नुपर्ने अनुसुची बनेसँगै उनले यस्तो बताएका हुन् ।

गाैतमले बताए अनुसार शवले खोक्दैन। शवले ह्याछ्युँ गर्दैन। त्यसैले सर्ने सम्भावना एकदम कम छ। त्यसैले मास्क लगाउने, पञ्जा लगाउने र प्लाष्टिकले बेरेर अन्त्येष्टि गर्दा कोरोना संक्रमणको जोखिम कम हुन्छ ।

तर, शव व्यवस्थापन गर्दा अनिवार्य मास्क र पञ्जा प्रयोग गर्नुपर्ने गाैतमको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्