Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४०५,५७२
संक्रमित
५९,७२१,५६५
निको भएका
४१,३१४,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,४३५
संक्रमित
२२९,३४३
निको भएका
२०९,४३५

इरानमा कोरोनाको तेश्रो लहर : अहिलेसम्म कै सबैभन्दा धेरैको मृत्यु



३ कार्तिक, तेहरान । कोरोना भाइरसकोे महामारीबाट अति प्रभावित मुलुकमध्ये एक इरानमा पुनः सङ्क्रमण फैलिएको इरानी सञ्चारमाध्यमहरूले सरकारी स्रोतहरूलाई उल्लेख गरी समाचार सम्प्रेषण गरेका छन् ।

इरानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले सोमवार दिएको जानकारी अनुसार इरानमा कोरोनाका कारण एकैदिनमा ३३७ जनाको मृत्यु भएको छ ।

इरानमा यसअघि एकैदिनमा २७९ जनाको कोरोनाका कारण मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयसँग रहेको थियो ।

मन्त्रालयले पछिल्लो एकैदिनमा इरानमा चार हजार २५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको पनि जनाएको छ । योसँगै इरानमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको सङ्ख्या पाँच लाख ३५ हजार ६३० पुगेको छ ।

मुस्लीम गणतन्त्रात्मक मुलुक इरानमा कोरोनाभाइरसको महामारीको शुरुवाती चरणमा पनि धेरै असर परेको थियो । प्रारम्भीक समयमा इरानलाई कोरोनाको केन्द्रविन्दु नै मानिएको थियो ।

मध्यपूर्वी देशहरु मध्ये इरान कोरोनाबाट धेरै प्रभावित देशमा पर्दछ भने मध्यपूर्वमा हप्तामा तीस हजार जनासम्मको कोरोनाका कारण मृत्यु हुने गरेको थियो ।

सरकारले कडा लकडाउन लागु गरेपछि केही कमी आएको थियो । कोरोना महामारीका कारण इरानको मानवीय अवस्था, आर्थिक अवस्थालगायतमा ठूलो क्षति भएको छ ।

केही समय अगाडि महामारीको प्रभाव कम देखिन थालेपछि सरकारले विद्यालय, विश्वविद्यालय, मस्जीद, पुस्तकालय, व्युटी पार्लर, सैलुनलगायतका सार्वजनिक स्थल र धेरै भीड हुने ठाउँ पनि खुल्ला गरिदिएको थियो । ती क्रियाकलापहरु सञ्चालन गर्दा मास्क अनिवार्य गरिएको थियो । तर यी सार्वजनिक स्थलहरु खुल्ला गरिएकै कारणले फेरि सङ्क्रमित र मृतकहरुको सङ्ख्यामा वृद्धि भएको विश्लेषण गरिएको छ ।

कोरोना नियन्त्रणका लागि इरानमा सरकारले गरेका कतिपय निर्णयहरु बेला बेलामा विवादमा पर्ने गरेका छन् । कोरोनाभाइरसले देशका उच्च अधिकारीहरुलाई पनि सङ्क्रमित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्