Logo

वडाध्यक्षहरु बिच मनमुटाव हुँदा खुल्यो भ्रमण भत्ता बापत लिएको १६ हजार ५ सयको पोल



Spread the love

३ कार्तिक, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाका वडा अध्यक्षहरुबिच आपसी मतभेद हुँदा भ्रमण भत्ता शिर्षकमा १६ हजार पाँच सय लिएको खुलासा भएको छ । कतिपय वडा अध्यक्षहरू भने भत्ता के को हो भन्नेबारे बेखबर छन् ।

त्यस्तै, भ्रमण भत्ता बापत रकम पाउँदा कोहि वडा अध्यक्ष हषिर्त देखिएका छन् भने कोही आक्रोशित छन् । वडा नम्बर चारका वडा अध्यक्ष डिलराम न्यौपाने आक्रोशित भएका छन् । गाउँपालिकाले बिना जानकारी आफ्नो खातामा रकम जम्मा गरिदिएको न्याैपानेले दावी गरे ।

उनले सल्लेरी खबरलाई भने ‘कोभिड १९ को महामारीमा जनता भोकै छन् । मजदुर अलपत्र छन् । तर, जनप्रतिनिधिको खातामा एक्कासि रकम जम्मा हुनु न्यायोचित छैन् । म यसको बिरोध गर्दछु ।’


तर, यता वडा नम्बर एकका वडा अध्यक्ष धातन्द भण्डारीले भने गाउँपालिकाको नियम अनुसार भ्रमण भत्ता बुझेको प्रतिक्रिया दिएका छन् । उनले भने “हामीले नियम बाहिर गएर पैसा बुझेका छैनौं’ ।

यस विषयमा अन्य वडा अध्यक्षहरु भने मौन छन् ।

त्यस्तै, गाउँपालिकाको लेखा शाखामा बुझ्दा सबै वडा अध्यक्षलाई गाउँपालिकाको नियम अनुसार अघिल्लो आर्थिक वर्षको रकम उपलब्ध गराएको जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको रकम भएता पनि वडा अध्यक्ष डिलराम न्यौपानेले भने १५ दिन अघि मात्रै स्रोत नखुलेको रकम जम्म्मा भएको र गाउँपालिकामा बुझ्दा अहिलेसम्म यथेष्ट जवाफ नपाएको गुनासो गरे ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्