Logo

शक्ति चन्दको दशैँ गीत ‘चचहुई’ सार्वजनिक



Spread the love

४ कार्तिक, काठमाडाैँ । शक्ति चन्दको दशैँ विशेष गीत ‘चचहुई’ सार्वजनिक भएको छ । शक्ति चन्दको स्वर रहेको उक्त गीतको शब्द रचना रमेश बिजीले गरेका हुन् ।

शक्ति चन्द ठकुरी नामक युट्युब च्यानलबाट उक्त गीत सोमबार सार्वजनिक भएको हो। शक्ति चन्दको स्वर रहेको उक्त गीतमा संगीत भने ऋषि खड्काको रहेको छ ।

मारूनी डिजिटल स्टुडियको मा रेकर्ड भएको गीतलाई कृष्ण भान्जाले एरेन्ज गरेका छन् ।

त्यस्तै गीतको भिडियोमा टिका सानु, अर्जुन खड्का, मानसिंह खड्का, शान्ता बस्नेत, शार्द एलजी तथा बसन्त ओलीको अभिनय तथा नृत्य रहेको छ ।

मानसिंह खड्काले निर्देशन गरेको भिडियोलाई प्रकाश चन्दले छायाँकन गरेका हुन् भने अविनाश डिसीले सम्पादन गरेका छन् ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्