Logo

वुल्भससँग लिड्स युनाइटेड पराजित



Spread the love

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भसले जीत निकालेको छ । सोमबार राति भएको खेलमा वुल्भसले लिड्स युनाइटेडलाई उसैको मैदानमा १-० ले हराएको हो ।

७०औं मिनेटमा म्याक्स किलमनको पासमा जिमेनेजले गरेको गोल नै निर्णायक बनेको थियो ।

जितसँगै वल्भ्स ५ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ ।

अर्काे खेलमा वेस्टब्रोम र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीपछि वेस्ट ब्रुम २ अंक जोडेर १७औं स्थानमा तथा पहिलो अंक जोडेको बर्नली १८औं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्