Logo

अभिनेता सञ्जय दत्तले हराए क्यान्सर रोगलाई



Spread the love

एजेन्सी। अभिनेता सञ्जय दत्तले क्यान्सरलाई जितेका छन् । भारतीय मिडिया दैनिक भास्करले कोकिलाबेन अस्पतालको स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन् ।

सोमबार ६१ वर्षका सञ्जुको पोजिट्रोन एमिशन टेमोग्राफी (पीईटी) रिपोर्ट आएको छ जसमा उनी क्यान्सरबाट मुक्त पाइएका छन् ।

सञ्जय दत्तले पनि आधिकारिक बयान दिने अनुमान गरिएको छ ।

११ अगस्टमा उनी फोक्सोको क्यान्सरसँग जुधिरहेको भन्ने खबर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्