Logo

असोजमा चिनिया राष्ट्रपति नेपाल आउने



Spread the love

chinese president

चाइना इन्स्टिच्यूट अफ कन्टेम्प्रोररी रिलेसन्स्को टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा  प्रधानमन्त्रीले नेपालले चीनसँगको सम्बन्ध भरपर्दो र दीर्घकालीन बनाउन चाहेको भन्दै दुई ठूला देशहरुसँग त्रिदेशीय सम्बन्ध स्थापित गर्न सरकार ईच्छुक रहेको बताए । प्रधानमन्त्रीले चीनियाँ राष्ट्रपतिलाई नेपालमा छिट्टै स्वागत गर्न पाउने अपेक्षा गरेका थिए।

असोजमा चिनिया राष्ट्रपति नेपाल आउने प्रधानमन्त्रीको स्वकिय सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्