Logo

दशैंँबिदामा कुनै पनि बैंकहरु नखुल्ने



Spread the love

४ कार्तिक, काठमाडौं। कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु नखोल्ने भएको छ ।

गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेको हो ।

बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले कात्तिक ७ देखि ११ गतेसम्म नखोल्ने निर्णय गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्