Logo

३५ वर्षको उमेरमा मानिसको दिमाग सबभन्दा शक्तिशाली हुन्छ – अध्ययन



Spread the love

एजेन्सी। एक अध्ययनले ३५ वर्षको उमेरमा दिमाग सबभन्दा शक्तिशाली हुने निष्कर्ष निकालेको छ । जर्मनीको म्युनिखमा रहेको लुडविग म्याक्सिमिलियन विश्वविद्यालयका अनुसन्धाताहरूले विगत १३० वर्षमा चेसका हजारौं खेलहरूको अध्ययन गरेका थिए ।

लगभग ४५ वर्षको उमेरबाट मस्तिष्कको क्षमता ओरालो लाग्दै जाने पाइएको छ।

उनीहरूले मानव मस्तिष्कको प्रदर्शन २० वर्षसम्म तीव्र गतिमा उकालो लाग्ने, ३५ वर्षको उमेरमा शिखरमा पुग्ने र ४५ वर्षपछि क्रमशः क्षीण हुँदै जाने गरेको पाए ।

अध्ययनका निष्कर्षहरू प्रोसीडिङ्स अफ द नेसनल एकेडमी अफ सायन्सेजमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्