Logo

दिल्ली भर्सेस पन्जाब, ९ खेलसम्म बेन्चमा रहेका सन्दिपले मौका पाउलान् ?



Spread the love

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) आज नेपाली स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच भिडन्त हुँदैछ । दुबईमा अन्तराष्ट्रिय क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

पन्जाब दिल्लीविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ। साथै, प्ले अफको सम्भावना जीवितै राख्न पन्जाबलाई जितको विकल्प छैन । दिल्ली पन्जाबलाई हराएर शीर्ष स्थान यथावत राख्न चाहन्छ ।

९ खेलसम्म बेन्चमा रहेका सन्दिपले मौका पाउलान् ?
यो सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन् । दिल्लीले सन्दीपलाई अघिल्ला ९ खेलमा बेञ्चमा राखेको थियो । बलियो टिम पन्जाबविरुद्ध समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्