Logo

कोरोना परीक्षण गर्न नयाँ प्रविधि ल्याइँदै



Spread the love

५ कार्तिक, एजेन्सी । कोरोना भाइरसको पहिचान हावाबाट नै गर्ने प्रविधि विकास लाग्ने बताइएको छ । क्यानडाका वैज्ञानिकहरूले यस्तो प्रविधि विकास गर्न लागेका हुन् ।

विश्वभर बढिरहेको कोरोना भाइरसको संक्रमण र रोकथामका लागि यो प्रविधिले ठूलो सहयोग गर्ने बताइएको छ ।

यो प्रविधि अर्को महिनासम्म बजारमा ल्याउने बताइएको छ । तर, प्रविधिमा वैज्ञानिकहरूले पूर्ण सफलता हात नपारिसकेको हुनाले निश्चित भने भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्