Logo

कोरोना भाइरसबारे अहिलेसम्म पत्ता लागेका लक्षणहरू



Spread the love
कोरोना भाइरसबारे भ्रम र सत्य - Aamsanchar

काठमाडाैँ । करिब १० महिना सारा विश्व कोरोना भाइरसबाट ग्रसित छ । ३ करोडभन्द धेरै मानिसहरू कोरोना भाइरसबाट संक्रमित हुँदा ११ लाख भन्दा बढीको भने मृत्यु भइसेको छ ।

कोरोना भाइरस संसारकै लागि नयाँ भाइरस हो । यसबारे धेरै अनुसन्भान भइरहेका छन् ।अनुसन्धानसँगै कोरोना भाइरसबारे नयाँ तथ्यहरू सार्वजनिक हुनेक्रम बढ्दै छ ।

अहिलेसम्म कोरोना भाइरस संक्रमण भएको थाहा पाउने धेरै लक्षणहरू सार्वजनिक भएका छन् । यद्यपी कतिपय भने बिना लक्षण संक्रमित भइरहेका छन् ।

यस्ता छन् अहिलेसम्म पत्ता लागेका कोरोना भाइरसका लक्षणहरू

  • ३ दिनभन्दा धेरैसम्म ज्वरो आउने र टाउको दुखाइ,
  • नाक चिलाउने, सिगान बग्ने,
  • स्वाद र गन्ध हराउने, खान मन नलाग्ने
  • पेटसम्बन्धी समस्या भएमा
  • सुख्खा खोकी, घाँटी खसखस गर्ने,
  • आँखा पोल्ने, आँखा चिलाउने वा रातो हुने,
  • छाती दुख्ने वा सास फेर्न गाह्रो हुने

प्रतिक्रिया दिनुहोस्