Logo

राष्ट्रपति भण्डारीद्वारा ऐतिहासिक रानीपोखरीको उद्घाटन



Spread the love

५ कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् ।

बुधवार एक कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीले पुनर्निमाणपछिको रानीपोखरीको उद्घाटन गरेकी हुन् ।

विस २०७२ साल बैशाख १२ को भूकम्पछि ध्वस्त भएको रानिपोखरीको पहिलेकै शैलीमा निर्माण गरि आज उद्घाटन गरिएको हो । साथै आज नै पुननिर्मित दरबार हाइस्कुलको समेत उद्घाटन गरिएको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन १७२७ सालमा रानीपोखरीको निर्माण गरिएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । राजाले आफ्ना छोरा चक्रवर्तेन्द्रकै सम्झनामा यो पोखरी बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्