Logo

दशैंतिहारमा सही पहिरनको छनौट कसरी गर्ने ?



Spread the love

दशैं भन्न साथ भरपेट मीठो-मसिनो खाने लिङ्गे पिङ खेल्ने साथै एकसरो नयाँ लुगा लगाउनु पनि हो। नयाँ पहिरन खरिद गर्नुअघि के गर्ने ? कसरी सही पहिरनको छनौट गर्ने ?

-चार्डपर्वको अवसरमा जर्जेट, सिफनजस्ता नरम फेब्रिकमा गाढा रंगका साडी लगाउनुपर्छ ।

– कलिदार कुर्तालेे पनि मोटो शरीरलाई लुकाउँछ ।

-परम्परागत पहिरनलगाउने चाहना भए सिफन, जर्जेटजस्ता फेब्रिक भएका परम्परागत गाउन, अनारकली, ट्युनिक आदि पहिरन लगाउन सकिन्छ ।

-चाडपर्वको अवसरमा हेभी पहिरन लगाउनु छ भने त्यस्तो पहिरन छनोट गर्नुपर्छ जसको तल्लो भागमा कलात्मक कार्य गरिएको हुनुपर्छ ।

कस्तो रंगका पहिरन लगाउँदा उपयुक्त हुन्छ?

-कालो, खैरो, हरियो, नीलो आदि गाढा रंगका पहिरन लगाउनुपर्छ ।

-मोटो शरीर भएका महिलाले गाढा रंगका पहिरन लगाउनुपर्छ तर हल्का रंगका पहिरन लगाउनु छ भने लाइलेक, पिच आदि हल्का रंग छनोट गर्दा राम्रो हुन्छ ।

-प्रिन्टेड आउटफिट एउटै रंगको हुनुपर्छ ।

एसेसरिजको उचित छनोट

-अनुहार गोलो छ भने लामो इयरिङ र लामो नेकलेस लगाउने
-मोटा महिलाले धेरै सानो अथवा गोलो आकारका गर गहना लगाउनु हुँदैन ।

-गर्दन मोटो छ भने बन्द गला भएको गहना लगाउनु हुँदैन ।
कस्तो बेल्ट लगाउने ?

-स्लिम देखिनका लागि चौडा बेल्ट लगाउनु हुँदैन ।

कस्तो फुटवेयर राम्रो

-छालाको रंगसित मिल्ने फुटवेयरले स्लिम लुक प्रदान गर्छ ।

-वेज हिल्स स्यान्डलको साटो पेन्सिल हिल्स प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्