Logo

के कारणले पीसीआर परीक्षणको रिपोर्ट गलत आउँछ ?



Spread the love

काठमाडाैँ । करिब १० महिना सारा विश्व कोरोना भाइरसबाट ग्रसित छ । ३ करोडभन्द धेरै मानिसहरू कोरोना भाइरसबाट संक्रमित हुँदा ११ लाख भन्दा बढीको भने मृत्यु भइसेको छ ।

कोरोना भाइरस संसारकै लागि नयाँ भाइरस हो । यसबारे धेरै अनुसन्भान भइरहेका छन् ।अनुसन्धानसँगै कोरोना भाइरसबारे नयाँ तथ्यहरू सार्वजनिक हुनेक्रम बढ्दै छ ।

विश्वभर कोरोना परीक्षणका विभिन्न प्रकृयाहरू प्रयोगमा ल्याइता पनि अहिलेसम्म सबैभन्दा प्रभावकारी पिसिआर परीक्षण नै रहेको छ । आरडिटी लगायत अन्य परीक्षणले ठीक नतिजा दिन नसक्ने भन्दै नेपालमा परीक्षण स्थगित गरिएको छ ।

अहिलेको अवस्थामा विश्वभर कोरोना परीक्षण गर्ने सबैभन्दा प्रभावकारी माध्यम पिसिआर परीक्षण नै हो । यद्यपी यसले दिएको नतिजा पनि शतप्रतिशत ठिक नहुन सक्छ ।

यस्तो हुनुको कारण के हो त ?

  • यदि परीक्षण नमूना दूषित भएमा
  • सही तापमानमा भण्डारण नगरेमा
  • आरएनए पत्ता लगाउन प्रयोग गरिएको रसायनले ठीकसँग काम गर्न नसकेमा
  • ल्याबमा काम गर्ने प्राविधिकहरू पूर्ण रूपमा दक्ष नभएमा पनि कहिलेकाही पिसिआर परीक्षणको रिपोर्ट गलत आउने गर्छ

प्रतिक्रिया दिनुहोस्