Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४०५,५७२
संक्रमित
५९,७२१,५६५
निको भएका
४१,३१४,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,४३५
संक्रमित
२२९,३४३
निको भएका
२०९,४३५

हिमाली जिल्लामा समुदाय स्तरमा फैलियो कोरोना



५ कार्तिक, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टि गरेको छ । मङगलवार मात्रै जिल्लाका स्वास्थ्यकर्मीदेखी जनप्रतिनिधिसम्म १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै कोरोना संक्रमण समुदायस्तरमा फैलिएको पुष्टि गरेको हो ।

सङ्क्रमणको अवस्था बुझ्न नगरपालिकाको विभिन्न क्षेत्रमा आयोजित स्वाब परीक्षणको रिपोर्टअनुसार समुदायस्तरमा कोरोना फैलिसकेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए । चाडपर्वका बेला चुनौती थपिएकाले परीक्षणको दायारालाई फराकिलो बनाइने उनको भनाइ थियो ।

नगरपालिकाका स्वास्थ्य संयोजक चमर मगरका अनुसार शुक्रबार ६४ जनाको स्वाब सङ्कलन गरी बिराटनगरमा परीक्षण गर्न पठाउदा एक वडाध्यक्ष, एक वडासचिव, एक स्वास्थ्यकर्मी, एक व्यावसायी र हाइड्रोपावरमा कार्यरत कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएको थियो ।
संक्रमितमध्ये एक संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने अन्यलाई होम आइसोलेसनमा राख्ने तयारी गरिएको छ । उनीहरू फरक फरक स्थानका रहेका र उनीहरूको अन्यत्र सम्पर्क भए नभएको बारे थाहा नभएको उहाँले जानकारी दिए । यस्तै जिल्ला अस्पताल फाप्लुमा उपचार गराइरहेका १८ बर्षीय एक पुरुषको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यस्तै तल्लो सोलु खोला जलविद्युत आयोजना ८२ मेगावाटका २१७ मजदूरको पिसिआर परीक्षण गर्दा सात जनामा कोरोना पोजेटिभ आएको आयोजनाले जनाएको छ । रुम्जाटारस्थित ओखलढुङ्गा जिल्ला अस्पतालको समन्वयमा स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाउँदा एक स्थानीय र छ भारतीयमूलका मजदूरमा कोरोना पुष्टि भएको बताइएको थियो । उनीहरूलाई होटल आइसोलेशनका लागि काठमाडौंमा पठाइएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्