Logo

बाडिनमा हिन्दू मन्दिर तोडफोड गर्ने एकजना पक्राउ



Spread the love

५ कार्तिक, कराची । बाडिनको एक दुर्गम क्षेत्रमा हिन्दू मन्दिर तोडफोड गरेको आरोपमा एकजनालाई शनिबार पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा संदिग्ध मुहम्मद इस्माईल उर्फ ​​छट्टो शेदी रहेका छन् । उनीविरुद्ध अशोक कुमारले एफआईआर दर्ता गराएका छन् ।

द एक्सप्रेस ट्रिब्यूनमा उपलब्ध एफआईआरको प्रतिलिपिमा कुमारले प्रहरीलाई बताए कि करीओ घन्वर सहरका निवासी इस्माईलले उनको गाउँ सामो गोथको एउटा मन्दिरमा तोडफोड गरेका हुन् । कुमारले इस्माईलले मन्दिरमा राखिएका मूर्तिहरूलाई क्षति पुर्‍यायो जनाइएको छ ।

बाडिन प्रहरी प्रवक्ताले द एक्सप्रेस ट्रिब्यूनलाई एसएचओ करियो घनवार असगर सथियो र उनको टोलीले इस्माईललाई पक्राउ गरेको जानकारी दिएका छन् । उनीलाई एएफआईआर दर्ता भएको घण्टामै पक्राउ गर्न सफल भएकोसमेत जनाइएको छ । 

यद्यपि उनले थपे, “हामीले यकिन गर्न सकेका छैनौं कि इस्माईल मानसिक रुपमा स्थिर छ र उसले मुर्तिसलाई [मूर्ति] जानाजानी नष्ट गरेको छ ।”

प्रहरी प्रवक्ताले मुद्दाको थप छानबिन भइरहेको जनाएका छन् । यसैबीच, बाडिनका एसएसपी शबीर सेठारले दुई घण्टाभित्र सम्बन्धित प्रहरीसँग अनुसन्धान रिपोर्ट माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्