Logo

कोरोना संक्रमणबाट गर्भवती महिलासहित तिन जनाको मुत्यु



Spread the love

६ कात्तिक, बुटवल । बिहिबार बिहान तिन जना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको बिहीवार बिहान उपचारको क्रममा मृत्युु भएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार तनहुँको शुक्लगण्डकी नगरपालिका स्थायी ठेगाना भई हेटोंडा–५ बस्दै आएकी ती महिला असोज ३० गते भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । खोकी र श्वासप्रश्वासको समस्यासहित अस्पताल आएकी उनमा त्यसै दिन संक्रमण पुष्टि भएको थियो । ती महिला ३७ साताकी गर्भवती रहेको अस्पतालले जनाएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्