Logo

साउथ सुपरस्टार महेश बाबुले दिए बाढीपिडितलाई भारतीय एक करोड



Spread the love

मुम्बई । साउथ सुपरस्टार महेश बाबुले बाढीपिडितका लागि भारतीय एक करोड रुपैयाँ सहयोग गरेका छन् । बाढीका कारण तेलंगाना राज्यको जनजिवन प्रभावित भएपछि उनले तेलंगानाको चिफ मिनिस्टर फन्डमा सहयोगको एक करोड जम्मा गराएका हुन् ।

जसको जानकारी उनले आफ्नो अफिसियल ट्वीटर एकाउन्ट मार्फत गराएका छन् ।

यसअघि पनि महेशले कोरोना महामारीका लागि चिफ मिनिस्टर फन्डमा एक करोड रुपैयाँको दान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्