Logo

कोरोनाभाइरसको खोप लगाएका एक जनाको मृत्यु



Spread the love

एजेन्सी। कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ ।

एन्भिसाले स्वयंसेवी ती व्यक्तिले खोप लगाएका हुन् वा प्लासेबो लगाएका हुन् भन्ने स्पष्ट भइ नसकेको जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले ब्राजिली नियामक निकाय एन्भिसाको सिफारिस बमोजिम खोप परीक्षण अभियान जारी रहने जनाएको छ ।

खोप निर्माता अस्ट्राजेनिकाले भने उक्त घटनाका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्