Logo

किन परिवर्तन भयो म्यासेन्जरको रंग ?



Spread the love

काठमाडाैँ । हामीले फेसबुकमा म्यासेज पठाउनका लागि प्रयोग हुने म्यासेन्जरको रंग केही दिनदेखि परिवर्तन भएको छ । यो कोही प्रयोग कर्ताको अटो अपडेट भएर नयाँ रंगमा देखियो भने कोहीको अपडेड गरेपछि नयाँ रंगमा देखियो ।

हामीले प्रयोग गर्दादेखि म्यासेन्जर निलो रंगको थियो । तर, अहिले किन पर्पल रंगको भयो त ? यसबारे सबैलाई थाहा नहुन सक्छ ।

फेसबुक लगायत म्यासेन्जरमा कम्पनीले इन्स्टाग्रामका धेरै फिचरहरू थप गरिरहेको छ । फेसबुकले जनाए अनुसार म्यासेन्जरमा २ वटा मात्रै रंग हुनुभन्दा धेरै रंगमा प्रयोगकर्ताले धेरै आनन्दको अनुभूती पाउने फेसबुकको तर्क छ ।

त्यस्तै फेसबुकले इन्स्टाग्रामसँग टाइअप गरेर अन्य सुविधाहरू थप गर्ने बताएको छ । र सोही इन्स्टाग्रामको केही झल्को दिनका लागि म्यासेन्जरको रंग (लोगो) परिवर्तन भएको हो ।

प्रतिक्रिया दिनुहोस्