Logo

नेपालमा कोरोनाले महामारीको रूप लिँदैन भन्ने मुख्यमन्त्रीलाई कोरोना संक्रमण



Spread the love

६ कार्तिक, काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार मुख्यमन्त्री डोरमणी पाैडेलको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

मुख्यमन्त्री पाैडेलका प्रेस सल्लाहकार प्रकाश दाहालले दिएको जानकारी अनुसार पाैडेललाई केही दिनअघि रूघाखोकी तथा ज्वरोको समस्या देखिएको थियो ।

पाैडेलसंगै उनकी श्रीमती, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

गत चैतमा मुख्यमन्त्री पाैडेलले नेपालमा कोरोनाले महामारीको अवस्था नलिने स्पष्ट भएको भन्ने अभिव्यक्ति दिएका थिए ।

मुख्यमन्त्री पाैडेलले चैतमा दिएको अभिव्यक्ति पढ्न तलको लिंकमा क्लिक गर्नुहोस्

नेपालमा कोरोनाले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसक्यो’

प्रतिक्रिया दिनुहोस्