Logo

रोनाल्डोले बार्सिलोनाविरूद्धको खेल गुमाउने



Spread the love

६ कार्तिक, काठमाडाैँ । पोर्चुगल तथा युभेन्टसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो बार्सिलोना विरूद्ध मैदानमा उत्रिन नपाउने भएका छन् । हाल रोनाल्डो कोरोना संक्रमित भएपछि आइसोलेशनमा बसिरहेका छन् ।

उनको बिहीबार पुनः कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा रोनाल्डोको कोरोना रिपोर्ट पोजेटिभ नै आएको छ । दोश्रो पटकको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै उनी बार्सिलोनाविरूद्ध खेल्न नपाउने भएका हुन् ।

रोनाल्डोले रियल मड्रिड छोडेर युभेन्टस गएपछि बार्सिलोनाविरूद्ध खेल्न पाएका छैनन् । विश्व फुटबलमा मेसी र रोनाल्डोलाई वर्तमान अवस्थामा सबैभन्दा ठूला प्रतिद्वन्द्वीको रूपमा हेरिन्छ ।

आगामी मंगलबार युभेन्टस र बार्सिलोना च्याम्पिन्स लिग अन्तर्गतको दोश्रो खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्