Logo

भ्याक्सिन लगाएका १३ जनाको मृत्यु, भ्याक्सिनको सुरक्षामा उठ्यो प्रश्न !



Spread the love

काठमाडाैँ । दक्षिण कोरियामा भ्याक्सिन लगाएका १३ जनाको मृत्यु भएको छ । केही दिनअघिसम्म ५ जना भ्याक्सिन लगाएका व्यक्तिको मृत्यु भएकोमा बिहीबारसम्म उक्त संख्या १३ पुगेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख भएअनुसार उनीहरूले ‘इन्फ्लुएन्जा’को भ्याक्सिन लगाएका थिए । तर, भ्याक्सिन प्रोग्रामका मुख्य डाक्टरले उनीहरूको मृत्यु भ्याक्सिनकै कारण भएको हो भन्ने यथेष्ट प्रमाण नभएको उल्लेख गरेका छन् ।

भ्याक्सिन लगाएका मानिसहरूको मृत्यु भएपछि कोरियाको स्वास्थ्य विभागले भ्यासिन प्रोग्राम सुरक्षाको ग्यारेन्टी नभएसम्म रोक्नुपर्ने बताएको छ ।

कोरियाले देश फ्लु रहित बनाउने योजना अन्तर्गत देशव्यापी भ्याक्सिनेसन प्रोग्राम सुरू गरेको छ । १ करोड ९० लाखभन्दा बढी जनसंख्या भएको कोरियामा अहिलेसम्म १ करोड ३० लाखले भ्याक्सिन लिइसकेको बताइएको छ ।

फ्लुको भ्याक्सिन लिएको २ दिनपछि १७ वर्षीय युवकको मृत्यु भएको थियो । अधिकारीहरूका अनुसार भ्याक्सिन लिएपछि मृत्यु भएको त्यो नै पहिलो केश हो ।

प्रतिक्रिया दिनुहोस्