Logo

नेपाली जनता अभिभावक विहीन र टुहुरा बनेको पीडाबोध हुँदैछ : पूर्वराजा शाह



Spread the love

६ कार्तिक, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा शुमकामना दिएका छन् । बिहिबार एक सन्देशपत्र जारी गर्दै सम्पूर्ण नेपालीहरूलाई दशैँको शुभकामना दिएका हुन् ।

शाहद्वारा जारी शुभकामना सन्देशमा देशमा बढ्दो विकृति, विसंगति तथा राजनैतिन गैरजिम्मेवारीपनको पनि उल्लेख गरिएको छ। उनले शुभकामना सन्देश जारी गर्दै समाजमा अनेक आपराधिक गतिविधि र पिसाच प्रवृत्ति बढ्दो रहेको भन्दै यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ, आज सबैले बढ्दो आशुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेको भन्ने उल्लेख गरेका छन् ।

‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ । संकटमो घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’ शाहद्वारा जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्