Logo

आज ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

६ कार्तिक, काठमाडौं । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा शनिबार थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या २ हजुर १ सय ६ ले घटेको छ ।

२४ घण्टा यता ३ हजार ६ सय ३७ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२, मोरङका ६७० जना, सुनसरीका २२६, रुपन्देहीका १२६, मकवानपुरका १०१, झापाका ८८, चितवनका ८३, कास्की र दाङका ५४/५४ जना, धादिङका ५२, कैलालीका ४५, नुवाकोटका ४३, गोरखा र कपिलवस्तुका ३४/३४ जना, सिन्धुपाल्चोकका ३०, दैलेखका २५, धनुषाका २४, सप्तरीका २३, बारा र गुल्मीका २१/२१ जना, पर्सा र नवलपुरका १९/१९ जना, अर्घाखाँचीका १३, उदपयुरका १२ तथा रामेछाप र लमजुङका ११/११, सिराहा र तनहुँका १०/१० जना, काभ्रेका ९, दोलखा, अछाम र बैतडीका ७/७ जना, रौतहट, सर्लाही, पर्वत र स्याङ्जाका ६/६ जना, धनकुटा र रुकुम पश्चिमका ५/५ जना, ओखलढुंगा, महोत्तरी र सल्यानका ४/४ जना, डोल्पा, कञ्चनपुर र कडेडधुराका ३/३ जना, खोटाङ, बाग्लुङ, सुर्खेत र दार्चुलाका २/२ जना तथा इलाम, पाँचथर, सोलखुम्बु, रोल्पा, कालीकोट, जाजरकोट, मुगु डोटी र बाजुराका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये ८१२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्