Logo

सनराइजर्स हैदराबादको चौथो जित, राजस्थान रोयल्स पराजित



Spread the love

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङ थालेको राजस्थानले दिएको १५५ रनको लक्ष्य हैदराबादले १८ ओभमै पूरा गरेको हो । ​

हैदराबादको जितमा अर्धशतकीय इनिङ्स खेलेका मनिष पाण्डे ८३ रनमा अविजित रहदा शंकरले अविजित ५२ रन जोडे। दुई ब्याट्सम्यानले १४० रनको साझेदारी गरेक हुन् ।

२० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको राजस्थानका लागि सन्जु सामसन ३६, बेन स्टोक्स ३०, रियान पराग २०, कप्तान स्टिभ स्मिथ र रोबिन उथप्पा १९\१९ रनमा समेटिदाँ जोफ्रा आर्चरले १६ रन बनाए भने जोस बट्लरले ९ रन जोडे । ​

जितसँगै पाँचौ स्थानमा उक्लिएको हैदराबादले १० खेलमा ८ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्