Logo

बेपत्ता बुढाको शव फेला



Spread the love

७ कार्तिक, सिमकोट । जडिबुटी संकलन गर्न जाँदा एक हप्तादेखि बेपत्ता युवकको शव आज देखिएको छ । हप्ता दिनदेखि बेपत्ता खार्पुनाथ गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय धनबहादुर बुढाको शव सिमकोट गाउँपालिका वडा नम्बर १ चुवाखोला वनको कालापानी भन्ने ठाउँको दोजाम कर्णाली नदीको भेलमा अड्किएर बसेको अवस्थामा छ ।

दोजाम कर्णाली नदीमा बुढाको शव भेटिए पनि अप्ठ्यारा ठाउँमा अड्किएका हुनाले निकाल्न नसकिएको उनका आफन्त गोरा बुढाले जानकारी दिए । बेपत्ता भएको भनिएका बुढाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सीताराम विष्टसहित सात प्रहरी जवान र स्थानीयवासी २५ जनाको टोली खटिएको थियो ।

नदीको भेलमा अड्किएको शव आज निकाल्ने प्रयास गर्दागर्दै साँझ परेकाले शुक्रवार प्रयास गरिने भएको हो । नदीमा लगाइएको काठको पुलमा तर्न खोज्दा पल्टिएर बुढा नदीमा खसेको हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्