Logo

कसरी मनाइन्छ फुलपाती?



Spread the love


दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्त्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दसैँको लागि पूजा सामग्री स्वरूप फुलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फुलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ । यस तथ्यलाई पनि सम्झनु आवश्यक छ किनकी इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फुलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फुलपाती राजधानी -जमल) ल्याई प्रोसेशन र बढाइँ साथ हनुमानढोका भित्र्याइन्छ ।

कसरी मनाइन्छ फुलपाती?

सप्तमी अर्थात् फुलपाती । यो तिथिको पनि विशेष महत्त्व छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरूप फुलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । फुलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दसैँ सुरु भए पनि दसैँको चहलपहल भने आज अर्थात् फुलपातीदेखि सुरु हुन्छ । घर-घरमा फुलपाती भित्र्याएपछि दसैँको रौनक सुरु हुन्छ । शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक मानेर फुलपाती भित्र्याइने गरिन्छ । हनुमानढोका दरबारको दसैँ घरमा गोरखा जिल्लाबाट ल्याइएको फुलपाती भित्र्याउने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्