Logo

आन्तरिक मामिला तथा कानुन मन्त्रीसहित सचिवालयका १५ जनालाई कोरोना संक्रमण



Spread the love

७ कार्तिक, विराटनगर। प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले आफुलाई कोरोना संक्रमण भएको बताएका छन् ।

मन्त्री कार्कीसहित सचिवालयका १५ जनालाई कोरोना संक्रमण

शुक्रबार बिहान मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पीसीआर गर्दा शुक्रबार आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

मन्त्री कार्की अहिले होम आइसोलेसनमा छन्। मन्त्री कार्कीसहित सचिवालय र सुरक्षाकर्मीसहित १५ जना संक्रमित भएका छन्। स्वकीय सचिवालयका अनुसार निजी सचिवालयका पनि ५ जना संक्रमित भएका छन्। 

यसअघि असोज २९ मा पीसीआर गर्दा उनको रिपोर्ट नेगेटिभ देखिएको थियो । त्यसयता सामन्य रुघाखोकीलगायत असर देखिएपछि उनी होम आइसोलेसनमा थिए । तर, बिहीबार फेरि  स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

यसअघि सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई संक्रमण भएको थियो।

प्रतिक्रिया दिनुहोस्