Logo

छोराछोरीलाई रुघाखोकी लागेर चिन्तित हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय



Spread the love

बालबच्चालाई रुघाखोकी लागेर तपाई धेरै दिनदेखि तनावमा हुनुहुन्छ भने अपनाउनुहोस् यी घरेलु उपाय ।

-२–३ चम्चा महमा केही थोपा अदुवाको र तुलसीपातको रस र थोरै मरिचको धुुलो राखेर बेला बेलामा चाट्न दिने र कोल्टे पारेर सुताउने।
-नाक बन्द भए पानीको बाफ लिन लगाउने ।
न्यानो लुगा र कान छोप्ने टोपी लगाइदिने।
-वेला वेलामा मनतातो पानी खान दिने र ज्वरो आए कसिएको लुगा नलगाइदिने
-चिसो बतासमा नबसाउने बाहिर जान नदिने
तातो र ताजा खानेकुरा मात्र रुचिअनुसार खान दिने।
-अनार, सुन्तला आदि फलफूल वा किसमिस राम्ररी पखालेर अनि तातोपानीमा डुबाएर दिने। तर पाकेको केरा नदिने।
-सास फेर्न गाह्रो भएमा चिकित्सकको परामर्श लिएर थप उपचार गर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्