Logo

नेपालमा पहिलोपटक क्लिन फिड लागू



Spread the love

७ कार्तिक, काठमाडौं। नेपालमा प्रसारण भइरहेका विदेशी टेलिभिजन च्यानलहरूमा अब विज्ञापन प्रसारण गर्न नपाइने भएको छ । गत वर्ष कात्तिक आठ गते प्रमाणीकरण भएको विज्ञापन नियमन ऐन, २०७६ मा भएको व्यवस्था बमोजिम आजदेखि नेपालमा पहिलोपटक क्लिन फिड अर्थात् विज्ञापनरहित विदेशी च्यानलको प्रसारण लागू भएको हो ।

ऐन अनुसार शुक्रबार रातिसम्म विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले विज्ञापनरहित च्यानल प्रसारण गर्नुपर्ने छ ।

त्यस्तै विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले अबदेखि डबिङ गरेर पनि प्रसारण गर्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्