Logo

कर्णालीका मुख्यमन्त्रीको पद जोगियो, अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत



Spread the love

७ कार्तिक, काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतबाट अस्वीकृत भएको छ ।

आज बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सीता नेपालीले संसदीय दलका नेताविरुद्धको अविश्वासको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।

बैठकमा उपस्थित १८ जना संसदहरुले अविश्वासको प्रस्तावविरुद्ध मत हालेका हुन् ।

असोज २५ गते १८ जना सांसदले संसदीय दलका नेता एवम् मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्