Logo

नेपालमा थपिए ४४९९ कोरोना संक्रमित, थप १७ जनाको मृत्यु



Spread the love

७ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १६८६३ पिसिआर परीक्षणमा थप ४४९९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या १५३००८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज १७ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२९ पुगेको छ। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर २६६८ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या १५५८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्