Logo

सावधान ! तपाईको यस्ता खराब बानीले निम्तिन सक्छ मुटु रोग



Spread the love

मानब शरीरको अभिन्न अङ्ग मध्य मुटु पनि एक हो। मुटु स्वस्थ राख्न हामीले केही नराम्रो बानी आजैबाट त्याग्नु पर्नेछ ।तपाईको यस्ता खराव बानीले निम्तिन सक्छ मुटु रोग:

नुनिलो वा गुलियो धेरै खाँदा रक्तनली मोटो हुन जान्छ र मुटुमा असर गर्छ ।
धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन् ।
धेरै तनाव लिँदा मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ ।
शारीरिक काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ र मुटुमा समस्या देखिन्छ ।
राति ढिलोसम्म जागै बस्दा मुटुलाई बिगार्छ ।
दाँत र गिजाको समस्याले पनि मुटुरोग बढाउने कुरा धेरै अनुसन्धानले पत्ता लगाएका छन् ।
निद्रामा घुर्ने मान्छेलाई सास फेर्न समस्या हुनाले मुटुमा दबाब पर्छ ।
चिल्लो खानेकुराले पनि रक्तप्रवाहमा बाधा पु-याएर मुटुमा समस्या ल्याउँछन् ।

प्रतिक्रिया दिनुहोस्