Logo

११५ वर्षिया वृद्ध भन्नु हुन्छ सल्यानले मन्त्री पाउने सुनौलो अवसर गुम्न दिनु हुँदैन



Spread the love

प्रमुख ठुला दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र अन्य केही साना दलको समीकरणमा बनेको  नयाँ सरकारको मन्त्रीमण्डल गठनको क्रममा सल्यानले कुनै मन्त्रालय समाल्न पाउने या नपाउने विषय यतिबेला चर्चामा छ ।

सदरमुकाम देखी गाउँटोल सम्म सबैको मुखबाट प्राय सुनिने प्रश्न एउटै छ संसद टेकबहादुर बस्नेतले मन्त्रालय पाउने सम्भावना कत्तिको छ ? तर यसको एकिन जवाफ नआए पनि,संविधानसभाको निर्वाचनमा २-२ पटक जनताको भारी मत पाएर एउटै क्षेत्रबाट विजयी बन्नु भएका संसद बस्नेतलाई कुनै न कुनै एउटा मन्त्रालय समहाल्न दिनु पर्ने सल्यानी जनताहरुको धारण रहेको पाइन्छ ।

जसले मह काट्छ,उसले हात चाट्छ भन्ने उखान सुनाउदै सल्यान भल्चौर गाउबिकास समिति वडान ९ लामाडाडा निवासी ११५ वर्षिया वृद्ध मनबिर डागिले ,यति बेला सल्यानलाई राम्रो अवसर मिलेको ,यो अवसरलाई गुम्न नदिन सल्यानको हित चाहाने सल्यानी जनताहरू लागी पर्नु पर्ने र केन्द्रले पनि साथ दिनु पार्ने बताउनु भयो।
मरिचमान सिंह प्रधानमन्त्री भए पछिको समयमा , सल्यानलाई फुल मन्त्री पाउने अवसर पहिलो पटक यस पाली जुटेको भन्दै डागिले पाटिगत स्वार्थ बन्दा माथि उठेर सल्यान जिल्लाका राजनीतिक दलहरूले साथदिनु पर्ने बताउनु भयो ।११५ वर्षका डागिले उमेरको हिसाबमा सल्यान जिल्लामा आफू सबै भन्दा जेठो रहेको दाबी गर्दै , यो उमेर सम्म धेरै कुराले आफूलाई खुसी बनाएको त्यस मध्य पनि टेक बहादुर बस्नेत मन्त्री हुनेकुराले आफूलाई अझ खुसी तुल्याएको बताउनु भयो । आशा छ टेक बहादुर बस्नेत मत्री हुनुहुने छ देश र सल्यानको विकास सँगै,समयले साथ दिएपछि कुनै दिन मेरो ११५ बर्सिया मुस्कान उहाँ सँग साट्ने अवसर मिल्नुका साथै सल्यान जिल्लाकै जेष्ठ नागरिक सँग …मन्त्री भन्ने समाचार एफएमले भनेको सुन्न पाउ समेत भन्न भ्याउनु भएको थियोे ।

यस्तै सल्यान जिल्ला बाग्चौर नगरपालिका वडान ३ रामपुर खालि निवासी ९९ वर्षिया पठु भण्डारीले पनि आफ्नै छिमेकी वडाका व्यक्ति टेक बहादुर बस्नेत मन्त्री हुने सम्भावना रहेको कुरा सुन्दा आफू खुसी रहेको बताउनु भयो । दुई दुई पट्क योउटै क्षेत्रबाट चुनाव जितेका बस्नेतले जिल्लाको त्यति विकास गर्न सक्नु भएन भन्ने गुणासो सूनिन्छ भन्ने प्रशनमा भन्डारीले मुस्कुराउदै विकास गर्नु पर्ने हो,थोरै थोरै त गरेको कुरा सूनिन्छ अब मन्त्री हुँदा गर्नु होला आसा गरौँ ।उहाँ लाई इमानदार नेताको रूपमा हामीले चिन्ने गर्दछौ ठाउँमा पुगेका कुनै नेताहरूको नराम्रो कुरा पनि सूनिन्छ तर उहाँको त्यस्तो केही सुनिएको छैन ।

मन्त्री बन्ने कुरा हल्ला मात्र होकि यथार्थ हो भनेर हामीले सोध्दा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संसद टेकबहादुर बस्नेतले छिमेकी जिल्लाहरुले बेलाबेलामा विभिन्न मन्त्रालयहरु पाउने गरेको तर सल्यान जिल्लाले अहिले सम्म कुनै पनि मन्त्रालय नपाएकाले सम्भावना रहेको बताउनु भयो ।मन्त्रालय पाउने आफ्नो स्वार्थको विषय नभएर जिल्लाको आबश्यता र जनताको लगानी भएकाले स्वभाबिक भएको बताउनु भयो ।नेपाल विद्यार्थी संघको ११ औ महादिबेशन सकिय लगतै नतिजा आउने भन्दै बस्नेतले पाटीको मुल्यांकन हेर्न बाकी रहेको बताउनु भयो ।

सल्यानले मन्त्री पाउने एउटा ब्यक्तीको कुरा नभई समग्र जिल्लाको स्वाभिमानको कुरा सँग जोडेर सल्यानी जनताले हेर्ने गरेका छन्।

सल्यान क्षेत्र न १ बाट दुवै निर्वाचनमा विजय हुनुभएका बस्नेत पाटीका विश्वासिला पात्र, ईमान्दार ,साधा जीवन  र स्वच्छ छबिको नेताका रूपमा परिचित हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्