Logo

लिड्सद्वारा एस्टन भिल्लाको अपराजित यात्रामा पूर्णविराम



Spread the love

एजेन्सी । इंङ्गलिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले सानदार जित निकालेको छ।गएराति घरेलु मैदानमा भएको खेलमा लिड्सले एस्टन भिल्लालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एस्टनको मैदानमा खेलको ५५ औं मिनेटमा बामफोर्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ६७ औं मिनेटमा बामफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दा लिड्सको अग्रता दोब्बर भयो ।

त्यसपछि खेलको ७४ औं मिनेटमा बामफोर्डले ह्याट्रिक पूरा गर्दै लिड्सलाई ३–० को सानदार जित दिलाए ।

लिड्सले ६ खेलमा १० अंक जोडेको छ । हारसँगै एस्टनको भने अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

प्रतिक्रिया दिनुहोस्