Logo

बडा दशैँँको आठौं दिन- महाकालीको पूजा गरी मनाइँदै



Spread the love

नवरात्रीको आठौं दिन आज महाअष्टमी पर्व शक्तिस्वरुपा महाकालीको पूजा गरी मनाइँदैछ । विशेषगरी आज शक्तिस्वरुपा महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको छ ।

आज दशैंघर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । राति कालरात्रिका रुपमा पशुबलीको विधि र पूजा आजा सहित मनाउने चलन छ ।

यसपालि कोरोना संक्रमणका कारण हरेक शक्त्तिपीठमा बलि निषेध गरिएको छ । त्यस्तै सरकारले देशभरिकै शक्त्तिपीठ सार्वजनिकरुपमा खोल्न पनि अनुमति दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्