Logo

घटस्थापनापछि दुई लाख बढीले छाडे काठमाडौं उपत्यका



Spread the love

८ कार्तिक, काठमाडौं। घटस्थापनापछि दुई लाख बढीले उपत्यका छाडेका छन् । पछिल्ला सात दिनमा उपत्यका छोड्नेको संख्या २ लाख १८ हजार ९ सय पुगेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

फुलपातीको दिन २४ घण्टामा ८ हजार ७ सय बढी गाडीमा सर्वसाधारण गृहजिल्ला गएका हुन् । उपत्यकामा विभिन्न कामको सिलसिलामा बसेकाहरू दसैंको टीका थाप्न घर जाने गर्दछन् ।

विगतको वर्षमा एकै दिन उपत्यकाबाट बाहिरिनेको संख्या लाखौँ हुन्थ्यो। तर, यसपटक भने कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै उपत्यका छोड्नेको संख्या कम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्