Logo

नेपालमा कोरोना संक्रमण हुनेको संख्या ह्यातै घट्यो



Spread the love

८ कात्तिक, काठमाडौं । २४ घण्टा यता १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ भने हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ४२ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्