Logo

आज २ हजार २ सय २५ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

८ कार्तिक, काठमाडौं । देशभरका प्रयोगशालामा १३ हजार ८४६ नमुना परीक्षण गर्दा शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या २ हजार २ सय २४ २ गुणाले घटेको छ ।

२४ घण्टा यता २ हजार २ सय २५ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौं ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२, रुपन्देहीमा १४५ जना, मोरङमा १०१, कैलालीमा ९७ जना, कास्कीमा ७७ जना, बाँकेमा ६४ जना, दाङमा ६१ जना, सुनसरीमा ५९, चितवनमा ४९ जना, झापामा ४७, बारामा ३२ जना, नवलपरासी पूर्वमा २५ जना, कपिलवस्तु र बर्दियामा २२/२२ जना, नवलपरासीमा २१ जना, मकवानपुर र पाल्पामा १९/१९ जना, तनहुँमा १७ जना, रौतहटमा १५ जना, जुम्लामा १४ जना, पर्सा र कञ्चनपुरमा १३/१३ जना, दैलेखमा १२ जना, धादिङमा ११ जना, धनुुषामा १०, पर्वत र डोटीमा ९/९ जना, अर्घाखाँची, डडेल्धुरा र बझाङमा ८/८ जना, सिराहा, सिन्धुपाल्चोक, स्याङ्जा र मुगुमा ७/७ जना, गोरखामा ६ जना, तेह्रथुम, रामेछाप र कालीकोटमा ५/५ जना, काभ्रे, प्युठान र बैतडीमा ४/४ जना, धनकुटा, महोत्तरी, सप्तरी, दोलखा, गुल्मी, रुकुम पूर्व र अछाममा ३/३,इलाम, संखुवासभा, सिन्धुली, लमजुङ, बागलुङ र सुर्खेतमा २/२ जना र उदयपुर, खोटाङ, ताप्लेजुङ, सर्लाही, रसुवा, रोल्पा, रुकुम पश्चिम र सल्यानमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको छन् भने हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्