Logo

कोरोनामुक्त भएकी सांसद शान्ता चौधरीलाई अर्को आपत



Spread the love

८ कार्तिक, काठमाडाैँ । कोरोना संक्रमण मुक्त भएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक एवम् सांसद शान्ता चौधरी घाइते भएकी छिन् । बाफ लिने क्रममा तातोपानी पोखिएर खुट्टामा परेको उनले फेसबुकमार्फत जानकारी दिएकी छन् ।

कोरोना भाइरसको संक्रमणबाट पारेको प्रभाव निको पार्न बाफ लिने क्रममा खुट्टा जलेको नेतृ चाैधरीले जानकारी दिएकी छन् ।

‘बाफ लिने बेला पोखिएको तातो पानीले खुट्टा पोलेर हल न चल बनाएको छ कोरोनाका कारण म त्यसै पनि तपाईंहरु भन्दा टाढा हुन बाध्य भएँ, फेरि खुट्टा थला पर्यो ।’ चाैधरीले फेसबुकमा लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्