Logo

दशैँको मुखमा भूकम्पको धक्का



Spread the love

९ कार्तिक, काठमाडाैँ । नेपालमा भूकम्पको धक्का महशुस भएको छ । शनिबार दिउसो दोलखालाई केन्द्रबिन्दु भएको भूकम्प गएको हो ।

शनिबारको भूकम्प दोलखाको जिरी आसपास केन्द्र भएर गएको थियो । उक्त भूकम्प ४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ ।

उक्त भूकम्प दोलखा, रामेछाप, सिन्धुली, काभ्रेसहितका जिल्लामा समेत महसुस भएको थियो ।

यसभन्दा अघि असोज ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्