Logo

दशैँको समयमा बञ्चरो प्रहार गरी आमाको हत्या



Spread the love

कञ्चनपुर । घरायसी विवादमा पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । अभियुक्त पप्पुलाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए। उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्