Logo

‘रअका प्रमुख भेटेपछि प्रधानमन्त्रीको विरोध योजना हो या नियती ? वुझ्न गाह्रो भो’



Spread the love

९ कार्तिक, काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भारतीय गुप्तचर संस्था रअका प्रमुख भारतीय प्रधानमन्त्रीको सन्देश लिएर नेपाल आएको बताएका छन् । मुख्यमन्त्री पोख्रेलले सामन्त गोयल भारतीय प्रधानमन्त्रीको सन्देश लिएर दूतका रुपमा आएको दावी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाहकका रुपमा नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको उल्लेख गरेका छन् ।

‘भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा रअ’ का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो ।’ उनले फेसबुकमा लेखेका छन्, ‘विरोधको योजना हो या नियती ? वुझ्न गाह्रो भो । आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौ । नेपाल र भारत विचको सिमा समस्याको परिणाम सुखद होस् कामना गरौ ।’

प्रतिक्रिया दिनुहोस्