Logo

दसैंमा कता फर्केर टीका लगाउने ?



Spread the love
यस वर्षको दशैंको टीका

१० कार्तिक, काठमाडाैँ । नेपालिहरूको महान चाड दशैं नजिकिएसँगै शहरी क्षेत्रमा दशैंको चहलपहल शुरु भएको छ । बजार क्षेत्र दशैंको आगमानसँगै शृङ्गारिन थालेको छ । यसैबीच यस वर्षको दशैंको टीका र घटस्थापनाको साइत निस्किएको छ।

विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार साइत सार्वजनिक गरेको हो ।

समितिले नेपालमा कात्तिक १० गते अर्थात अक्टोर २६ का दिन बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ । यस्तै भारतमा अक्टोबर २६ कै दिन बिहान १० बजेर ३५ मिनेटमा टीका लगाउने साइत तय गरिएको छ भने अमेरिकाको न्यूयोर्कमा अक्टोबर २५ को ११ बजेर ५ मिनेटमा टीका लगाउने सायत जुराइएको छ ।

विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार साइत सार्वजनिक गरेको हो ।

यद्यपि दशैंको टीकालाई देवी भगवतीको प्रसादको रुपमा लिइने हुँदा दिनभरी पनि टीका लगाउन सकिने गौतम बताउँछन् ।

विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ। टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने पंचाङग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्