Logo

दसैँको शुभकामना दिदै चिनियाँ राजदूतले गाइन् चर्तित गीत रेशम फिरिरि (भिडियोमा)



Spread the love

एजेन्सी । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै दसैँको शुभकामना सन्देश दिएकी छिन् । राजदूत यान्छीले चर्चित नेपाली गीत ‘रेशम फिरिरि’ गाएकी हुन् ।

गीतको क्लिप १ मिनेट २९ सेकेन्डको गीतको क्लिप उनले आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेकी छन् ।

नेपाली चाडबाड र गीत संगीतमा नेपालस्थित विदेशी कूटनीतिज्ञहरुले लगाव देखाएर कूटनीतिकसँगै सांस्कृति सम्बन्ध र समभाव दर्साउने गरेका छन् ।

बुद्धि परियारले संकलन गरेको ‘रेशम फिरिरि…’ पहिलोपटक सुन्दर श्रेष्ठ र द्वारिकालाल जोशीको स्वरमा रेडियो नेपालमा रेकर्ड भएको थियो । यो नेपालको चर्चित लोक गीत हो । सन् १९७० मा सार्वजनिक भएको यो गीत विदेशीहरुमाझ पनि चर्चित छ ।

सामाजिक सञ्जालमा गीत गाएको भिडियो पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘ मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् ।’

भिडियो हेर्नेको लागि यहाँ क्लिक गर्नु होस्:

प्रतिक्रिया दिनुहोस्